Nepal Life

आज कुन बैंकको शेयर किन्ने ? हेर्नुहोस् बाणिज्य बैंकको मुनाफा (सूचिसहित)

NMB Bank
  • BFIS News
  • 2024 Aug 05 08:42
आज कुन बैंकको शेयर किन्ने ? हेर्नुहोस् बाणिज्य बैंकको मुनाफा (सूचिसहित)
National Life

काठमाडौं । बाणिज्य बैंकहरुको मुनाफा १३.४ प्रतिशतले सुधार भएको छ । बैंकहरुले गत आर्थिक वर्षमा ६४ अर्ब १५ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । अघिल्लो वर्षमा बैंकहरुले ५६ अर्ब ५७ करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।

Shikhar
NIMB

गत वर्ष अर्थतन्त्रमा आएको सिथिलताका कारण बैंकहरुको कर्जा बिग्रिएको थियो । कर्जा बिग्रिदा केहि बैंकहरुको मुनाफा नै ऋणात्मक देखिएको थियो । यस वर्ष भने बैंकहरुले कर्जालाई वासिङ गर्नुका साथै केहि हदसम्म रिकभरी गरेका छन् ।

गत आर्थिक वर्षमा सर्वाधिक धेरै नविल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले यस वर्ष १० प्रतिशतले मुनाफा बढाउन सफल भएको हो । गत वर्ष मर्जरले सुधार धेरै देखिएकोमा यस वर्ष वास्तविक रुपमा व्यवसाय गरेरै सुधार गरेको छ ।

दोस्रो धेरै मुनाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक परेको छ । बैंकले गत वर्ष ६ अर्ब एक करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकको यस वर्ष मुनाफामा १०.१३ प्रतिशतले गिरावट आएको छ । तेस्रो धेरै मुनाफा आर्जन गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक परेको छ । बैंकले यस वर्ष  ३९ प्रतिशतले मुनाफा सुधार गर्दै ५ अर्ब १९ करोड आर्जन गरेको छ ।

सबैभन्दा कम नाफा कमाउने बैंक भने माछापुच्छ्रे बैंक रहेको छ। सो बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकको नाफा डेढ अर्बभन्दा कम रहेको छ भने नेपाल बैंकले १ अर्ब ६५ करोड नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सर्वाधिक नाफा बढाउन सफल बैंक भने प्रभु बैंक देखिएको छ। सो बैंकको खुद नाफा समीक्षा अवधिमा १४९९.०४ प्रतिशत बढी हो। त्यस्तै, कुमारी बैंकको खुद नाफा समीक्षा अवधिमा ३४५.६७ प्रतिशत बढेको छ भने प्राइम कमर्सियल बैंकको २६७.१९ प्रतिशत र कृषि विकास बैंकको १७६.२३ प्रतिशत बढेको छ। यी बैंकहरुको अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण परिमार्जन भएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको देखिन्छ।

समीक्षा अवधिमा १० वाणिज्य बैंकको खुद नाफा घटेको छ। जसमध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ६८.९१ प्रतिशत घटेको छ। त्यस्तै, नेपाल बैंकको खुद नाफा ५१.८० प्रतिशत घटेको छ भने सिटिजन्स बैंकको खुद नाफा करिब २८ प्रतिशत घटेको छ।

हेर्नुहोस् कुन बैंकको मुनाफा कति ?

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया