Nepal Life

लक्ष्मी सनराइज बैंकको मुनाफा ३२.७९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १३ रुपैयाँ, शेयरधनीले कति पाउलान् लाभांश ?

NMB Bank
  • BFIS News
  • 2024 Aug 05 10:20
लक्ष्मी सनराइज बैंकको मुनाफा ३२.७९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १३ रुपैयाँ, शेयरधनीले कति पाउलान् लाभांश ?
National Life

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.७९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९४.६६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत र सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर १३ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २८ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५५ पैसा रहेको छ।

२३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११.०३ प्रतिशत बढेको छ भने कर्जा १.०१ प्रतिशत मात्र बढेको छ।

मर्जर पछि गएको वर्ष बैंकले शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस वर्ष प्रतिशेयर आम्दानी १३ रुपैयाँ छ तर वितरण योग्य मुनाफाका आधारमा भने प्रतिशेयर आम्दानी ५.५५ रुपैयाँ मात्रै छ । यस हिसावले यस वर्ष पनि बैंकले अघिल्लै आर्थिक वर्षको जति लाभांश दिन सक्ने देखिएको छ । तर जगेडा कोषमा १६ अर्ब २८ करोड रहेको हुँदा बैंकले चाह्यो भने लाभांश दर बढाउन पनि सक्छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया