NIMB Header 2
Nepal Life

मर्जर पछि आक्रामक शैलीमा अगाडी बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा, हरेक सूचकमा सुधार आउदा लाभांश दिन सक्ने क्षमता कति ?

National Life
  • BFIS News
  • 2024 Aug 05 10:38
मर्जर पछि आक्रामक शैलीमा अगाडी बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा, हरेक सूचकमा सुधार आउदा लाभांश दिन सक्ने क्षमता कति ?
Sanima Reliance

काठमाडौं । मर्जर पछि आक्रामक गतिमा अगाडी बढेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हरेक सुचकमा आकर्षक सुधार गरेको छ । बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै मुनाफा आर्जन गर्ने तेस्रो ठुलो बैंक बनेको छ । 

Shikhar
NIMB

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधमिा बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत र सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ३३ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १३.८३ प्रतिशत बढेको छ भने कर्जा १.५४ प्रतिशत मात्र बढेको छ।

लाभांश क्षमता

बैंकले मर्जर पछि लाभांश दिन सकेको छैन । बैंकको प्रतशेयर आम्दानी १५ रुपैयाँ छ तर वितरणयोग्य मुनाफा भने अजै ऋणात्मक छ । बैंकले प्रोभिजनिङ गर्नु परेकाले विगतका वर्षमा लाभांश दिन नसक्दा जगेडा कोषमा ३० अर्ब रुपैयाँ छ तर रिटेन अर्निङ भने ऋणात्मक छ । बैंक कोभिड १९ भन्दा अगाडी देखिनै केहि कर्जाका कारण समस्यामा थियो । ति कर्जा सल्टाउदै गर्दा पछिल्लो समयको आर्थिक मन्दीको प्रभावले गर्दा झन् धेरै खराव कर्जाको सामाना गर्नु परेको थियो । यस वर्ष खराव कर्जा १.२१ प्रतिशतमा झारेको छ ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया