Nepal Life

मुक्तिनाथ विकास बैंकको मुनाफा एक अर्ब २७ करोड, लाभांश दिन सक्ने क्षमता कति ?

NMB Bank
  • BFIS News
  • 2024 Aug 05 13:32
मुक्तिनाथ विकास बैंकको मुनाफा एक अर्ब २७ करोड, लाभांश दिन सक्ने क्षमता कति ?
National Life

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब २७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले एक अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको थियो । 

Shikhar
NIMB

खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज सामान्य घटेका कारण बैंकको खुद नाफा सामान्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०८ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.८७ प्रतिशत र सञ्चालन मुनाफा १.५० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर २.२६ प्रतिशत पुगेको छ। यद्यपि बैंकको इम्पेरमेन्ट चार्ज सामान्य बढेर ६४ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २९ पैसा घटेर १८ रुपैयाँ १५ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात २०.२२ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३३ करोड १८ लाख रुपैयाँ रहेको छ।

७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५.७५ प्रतिशत घटेको छ भने कर्जा २.७१ प्रतिशत घटेको छ। यस वर्ष बैंकको वितरण योग्य मुनाफामा ठुलो असर परेको छ । यसले गर्दा बैंकलाई लाभांश वितरणमा केहि प्रभाव पर्ने देखिन्छ । यद्यपी वितरण योग्य मुनाफा ऋणात्मक नभएको हुँदा बैंकले जगेडा कोषबाट पनि बोनस शेयर वितरण गर्न सक्नेछ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया