Nepal Life

महालक्ष्मी विकास बैंक २४.५२ प्रतिशतले मुनाफा बढाउन सफल, प्रतिशेयर आम्दानी ११.२७ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2024 Aug 05 13:37
महालक्ष्मी विकास बैंक २४.५२ प्रतिशतले मुनाफा बढाउन सफल, प्रतिशेयर आम्दानी ११.२७ रुपैयाँ
National Life

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा २४.५२ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Shikhar
NIMB

खुद ब्याज आम्दानी सामान्य घटेपनि खुद फि तथा कमिशन आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको होे।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १४.२८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६४ प्रतिशत र सञ्चालन मुनाफा १८.६८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.५१ प्रतिशतबाट बढेर ४.५८ प्रतिशत पुगेको छ। यद्यपि बैंकको इम्पेरमेन्ट चार्ज घटेर ३७ करोड १ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २२ पैसा बढेर ११ रुपैयाँ २७ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात ३१.३२ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १७ करोड ७१ लाख रुपैयाँ रहेको छ।

४ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ७.२१ प्रतिशत बढेको छ भने कर्जा ८.८६ प्रतिशत बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया