Nepal Life

सिद्धार्थ बैंकको मुनाफा ३ अर्ब एक करोड, प्रतिशेयर आम्दानी २१ रुपैयाँ हुँदा किन घट्यो वितरण योग्य मुनाफा ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Mon 13:50
सिद्धार्थ बैंकको मुनाफा ३ अर्ब एक करोड, प्रतिशेयर आम्दानी २१ रुपैयाँ हुँदा किन घट्यो वितरण योग्य मुनाफा ?
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले गएको आर्थिक वर्षमा ३ अर्ब एक करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यसअवधिमा यस बैंकको खुद नाफा ४.७८ प्रतिशतले घटेको छ । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

 

NIMB

खुद ब्याज आम्दानी २.३३ प्रतिशतले घटेर ७ अर्ब ९९ करोड ३५ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ अर्ब १८ करोड ४५ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ६.१० प्रतिशतले घटेर ४ अर्ब ३६ करोड ९१ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । 

असार मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ छ । वितरणयोग्य नाफा ६६ करोड ३६ लाख १० हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ३६ पैसा छ । खराब कर्जा ०.७५ प्रतिशत छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ३६ करोड ६६ लाख रुपैयाँ रहेको छ। बैंकको एक्चुरियल लस तथा केहि कर्जामा गर्नु परेको प्रोभिजनिङका कारण वितरण योग्य मुनाफामा गिरावट आएको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार