Nepal Life

कुमारी बैंकको मुनाफा ३४५ प्रतिशतले बढ्यो, शेयरधनीले भने लाभांश नपाउने, जगेडा कोष बलियो बन्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Mon 14:08
कुमारी बैंकको मुनाफा ३४५ प्रतिशतले बढ्यो, शेयरधनीले भने लाभांश नपाउने, जगेडा कोष बलियो बन्दै
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३४५.६७ प्रतिशतले बढाएको छ । बैंकले अघिल्लो वर्ष ५१ करोड ७९ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । 

NIMB

यसअवधिमा बैंकको सञ्चालन नाफा पनि ३०५.९४ प्रतिशतले बढेर ३ अर्ब ९० करोड रुपैयाँ नाघेको छ । गत वर्ष यसले ९६ करोड १६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । यता, अघिल्लो वर्ष ८ अर्ब ११ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर ३ अर्ब ५६ करोड रुपैयाँमा झरेको छ । बैंकको सञ्चालन नाफा बढ्नु तथा इम्पेयरमेन्ट चार्ज भारी मात्रमा घट्दा नाफा भारी मात्रामा बढ्न पुगेको छ ।

यसको खुद ब्याज आम्दानी भने ०.७२ प्रतिशतले घटेर १० अर्ब ९८ करोड रुपैयाँमा झरेको छ । हाल कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा १४ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ । 

बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८३ पैसाले बढेर ८ रुपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९७ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४७ पैसा रहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार