Nepal Life

एनएमबी बैंकको मुनाफा २ अर्ब ३३ करोड, यस वर्ष कतिसम्म दिन सक्ला लाभांश ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Mon 14:42
एनएमबी बैंकको मुनाफा २ अर्ब ३३ करोड, यस वर्ष कतिसम्म दिन सक्ला लाभांश ?
Shikhar detail

काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा खुद मुनाफा २९.६७ प्रतिशतले घटेको छ । यस अवधिमा खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढेकोले खुद नाफा प्रभावित भएको हो । 

 

NIMB

एक वर्षको अवधिमा खराब कर्जा २.७५ प्रतिशतबाट बढेर ३.२७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा १ अर्ब ४५ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । 

सञ्चालन नाफा पनि २५.०१ प्रतिशतले घटेर ३ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी पनि १०.१३ प्रतिशतले घटेर ७ अर्ब ४९ करोड रुपैयाँमा झरेको छ । असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने २३ करोड ८९ लाख रुपैयाँ रहेको छ । 

यसको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ छ । यता, बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८३ पैसाले घटेर १२ रुपैयाँ ७२ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ २७ पैसा छ ।

बैंकलाई यस वर्ष पनि लाभांश दिन गाह्रो पर्ने देखिएको छ । नियामकीय व्यवस्थाका कारण लाभांश वितरण गर्न नपाए पनि बैंकको जगेडा कोष भने थप बलियो बन्ने भएको छ । वितरणयोग्य मुनाफा २३ करोड ८९ रुपैयाँ मात्रै छ । बैंकले यस वर्ष जगेडा कोषबाट भने लाभांश दिन सक्छ तर राष्ट्र बैंकले स्वीकृति दिनु पर्छ ।   

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया