Nepal Life

एभरेष्ट बैंकको मुनाफा ३ अर्ब ७० करोड, बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै लाभांश बाड्न सक्ने क्षमता

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Mon 14:59
एभरेष्ट बैंकको मुनाफा ३ अर्ब ७० करोड, बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै लाभांश बाड्न सक्ने क्षमता
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले यस पटक बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ । अन्य बाणिज्य बैंकले ७ अर्ब भन्दा धेरै मुनाफा आर्जन गर्दा पनि लाभांश वितरण गर्न सक्ने क्षमता भने निकै कम हुँदा एभरेष्ट बैंकले शेयरधनीलाई सर्वाधिक धेरै प्रति शेयर २९.८६ रुपैयाँ दिन सक्छ । 

NIMB

बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.०७ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले ३ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको थियो । 

इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । साथै, बैंकको खुद ब्याज आम्दानी पनि थोरै बढेको छ । ७ अर्ब ४१ करोड रहेको उक्त आम्दानी ३.३५ प्रतिशत बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । 

यता, सञ्चालन नाफा १६.३१ प्रतिशतले बढेको छ । बैंकको इम्पेयमेन्ट चार्ज ६३.३९ प्रतिशत घटेर २८ करोड २४ लाख रुपैयाँ कायम भएको छ । चक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ४ हजार रुपैयाँ रहेको एभरेष्टको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ जम्मा रहेको छ । यता, यसको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले २९.८६ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने २३६.०६ रुपैयाँ छ । एनपीएल ०.७१ प्रतिशत कायम भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार