NIMB Header 2
Nepal Life

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा उछाल, कस्ता छन् अन्य वित्तीय विवरण?

National Life
  • BFIS News
  • 2024 Aug 07 08:21
मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा उछाल, कस्ता छन् अन्य वित्तीय विवरण?
Sanima Reliance

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य बढेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीयले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३६२.५८ प्रतिशतले बढी हो। अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ४ करोड ७४ लाख मात्रै खुद नाफा आर्जन गरेको थियो।  

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ। कम्पनीको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म ७३ करोड १७ लाख रुपैयाँ रहेको कम्पनीको खुद सञ्चालन आम्दानी बढेर ९७ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

यस्तै खुद फि तथा कमिशन आम्दानी ३०.८८ प्रतिशत बढेको छ। लघुवित्तको कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३५२.७४ प्रतिशत बढेको छ।

कम्पनीले कर्मचारीका लागि ४७ करोड ९६ लाख र १३ करोड ८६ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ९४ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ९४ लाख रुपैयाँ छुट्टाएको थियो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले  इम्पेयरमेन्ट चार्जका लागि १ करोड २५ लाख रुपैयाँ छुट्टाएको थियो ।

कम्पनीको रिटेन्ड अर्निङ १९ करोड ६२ लाख रुपैयाँ र रिजर्भको आकार ६० करोड २७ लाख रुपैयाँ रहेको छ । गत आवसम्म कम्पनीको रिजर्भको आकार ५० करोड ६६ लाख रुपैयाँमा सीमित थियो।  

३ अर्ब ४० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको कम्पनीले १३ अर्ब ८५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ। कम्पनीको खराब कर्जा अनुपात ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ । यस्तै कम्पनीको वितरणयोग्य मुनाफा १९ करोड ६२ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता १४.८७ प्रतिशत रहेको छ।

१ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८४ करोड ४५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २.११ प्रतिशत र कर्जा ०.४८ प्रतिशत घटेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १६.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६०.५३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ११८.१० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.०८ गुणा र तरलता अनुपात ५.४७ प्रतिशत कायम भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया