Nepal Life

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाग्रस्त, मृतक पाँचजनामध्ये चार चिनियाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 16:10
एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाग्रस्त, मृतक पाँचजनामध्ये चार चिनियाँ
Sanima Reliance

 

काठमाडौं। नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा  हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ र एक नेपाली नागरिक रहेका छन्।

NIMB

पाइलट नेपाली नागरिक र अन्य चिनियाँ रहेका छन्। मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् ।

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।

यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। बुधबार दिउँसो २ बजेर २० मिनेटमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार