Nepal Life

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : उडेको तीन मिनेटमै टावरसँग भएको थियो सम्पर्क विच्छेद

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 16:28
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : उडेको तीन मिनेटमै टावरसँग भएको थियो सम्पर्क विच्छेद
Sanima Reliance


काठमाडौं । आज दुर्घटनामा परेको एयर डाइनेस्टीको ९ एन-एजेडी रजिस्ट्रेसन रहेको हेलिकप्टर त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटपछि नै टावरसँग सम्पर्क विच्छेद भएको थियो।

NIMB

दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौं विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि ४ जना चिनियाँ यात्रु र एक पाइलटसहित हेलिकप्टर उडेको थियो।

नेपाल नागरिक उडड्यन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिअनुसार सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौं टावरसँग सम्पर्क विच्छेद भई नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको हो।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार