डलरको मूल्यले लगातार तेस्रो दिन पनि बनायो उच्च मूल्यको रेकर्ड
- BFIS News
- 2024 Aug Thu 08:13
काठमाडौं । डलरको मूल्यले निरन्तर तेस्रो दिन अर्थात आज पनि उच्च मूल्यको रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा रहेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि गत बुधबार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा थियो। यस दिन डलरको मूल्य १ पैसा बढेर नयाँ रेकर्ड कायम गरेको हो।
प्रतिक्रिया