NIMB Header 2
Nepal Life

'हेलिकप्टर थोत्रो हो कि हाम्रो सिस्टम?'

National Life
  • BFIS News
  • 2024 Aug 08 13:01
'हेलिकप्टर थोत्रो हो कि हाम्रो सिस्टम?'
Sanima Reliance

काठमाडौं । प्रतिनिधि सभाका सांसद प्रभु साहले सौर्य एयरको विमान दुर्घटना भएको केही दिनमै एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा अन्तर्राष्ट्रिय जगतमा नेपालको इमेज खराब भएको बताएका छन्।

Shikhar
NIMB

घटनाबारे छलफल गर्न बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नेपालको हवाई क्षेत्र सुरक्षित छैन भन्ने आशङ्का केही दिनयताका घटनाले पुष्टि गर्दै गएको बताउँदै यसलाई ढाकछोप गर्ने कि सुधार गर्ने भन्दै उनले प्रश्न समेत गरे।

‘केही व्यक्तिहरू यसलाई ढाकछोप गर्नुपर्छ भन्नुहुन्छ । तर ढाकछोप होइन सुधार गर्नुपर्छ’, उनले भने,‘एक महिनामा यसरी दुर्घटना हुनु भनेको हाम्रो सरकारी निकाय साँच्चै घामड रहेछ भन्ने देखिन्छ, उनले प्रश्न गर्दै भने, ‘यो दुर्घटना हेलिकप्टर थोत्रो हो कि हाम्रो सिस्टम थोत्रो हो?’

उनले नियमनकारी निकायले यसको जिम्मेवारी लिनुपर्ने बताए। साथै, नियमन निकायमा आफन्त र वरिपरिका मानिसलाई नियुक्ति गर्ने प्रचलन रहेको भन्दै उनले यसमा सरकार जबाफदेही हुनुपर्ने बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया