Nepal Life

हेलिकप्टर दुर्घटनामा पाइलटको कमजोरी देखाउँदै प्राधिकरणका महानिर्देशकले भने - भिएफआर उल्लंघन गर्दा दुर्घटना भयो

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Thu 13:13
हेलिकप्टर दुर्घटनामा पाइलटको कमजोरी देखाउँदै प्राधिकरणका महानिर्देशकले भने - भिएफआर उल्लंघन गर्दा दुर्घटना भयो
Sanima Reliance

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुनुको कारण भिएफआर (भिजुअल फ्लाइट रुल्स) उल्लंघन रहेको बताएका छन्।

NIMB

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले यस घटनामा पाइलटको दोष रहेको बताउँदै फ्लाइट बादलभित्र प्रवेश गर्न नहुने र आँखाले देख्न नसकिने ठाउँमा प्रवेश गर्न नहुने नियम उलंघन गर्दा दुर्घटना भएको बताएका हुन्। सिभिल एभिएसनको भिएफआरले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको उनको भनाइ छ।

विस्तृत विवरण मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले दिनेमा आफू विश्वस्त रहेको बताउँदै महानिर्देशक अधिकारीले खराब मौसम रहेको ठाउँमा हेलिकप्टर प्रवेश गर्नु नै दुर्घटनाको प्रारम्भिक कारणकारूपमा देखिएको बताए।

'यसको (हेलिकोप्टर दुर्घटना) रुट कज सर्सर्ती हेर्दाखेरी फेरि छानबिन आयोगले बताउला, ब्याड वेदरमा प्रवेश गरेको, बादलभित्र प्रवेश गरेको कारणले फर्किने क्रममा देब्रे घुम्दा दुर्घटना भएको जस्तो देखिन्छ । फ्लाइटिङ कमान्डले सिभिल एभिएसनको भिजुल फ्लाइट रुलअनुसार यसरी बादलभित्र छिर्नु अथवा आफूले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानुनले बर्जित गरेको विषय हो । रुट कज भनेको ब्रिज अफ द भिजुअल फ्लाइट रुल हो,' उनले भने ।

उनले अगाडि भने, ‘टावरबाट सम्पर्क विच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअरअनुसार नै खोजी गर्‍यौं, जबसम्म हामी क्रयास साइट आइडेन्टिफाई हुँदासम्म हिजोको मौसमको अवस्था पनि त्यस्तै थियो, तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउना साथ खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो।’

काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेस्टी ९ एन-एजेडी कलसाइनको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा बुधबार दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया