Nepal Life

नागरिक लगानी कोषको नाफा र प्रतिसेयर आम्दानी दुवै घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Fri 08:55
नागरिक लगानी कोषको नाफा र प्रतिसेयर आम्दानी दुवै घट्यो
Sanima Reliance

काठमाडौं। नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कोषको खुद नाफा र प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

NIMB

सो अवधिमा कोषले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.९१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कोषले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १९.५५ प्रतिशत र सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेको छ भने कुल खर्च २.७२ प्रतिशत बढेको छ।

नाफासँगै कोषको प्रतिसेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी २ रुपैयाँ २८ पैसा घटेर २० रुपैयाँ ७५ पैसामा झरेको छ। असार मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा रहेको छ। ५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार