Nepal Life

नेपाल लाइफको पेशागत बीमा अभिकर्ता संघको कार्यालय उद्घाटन, अभिकर्ताहरु विच सुमधुर सम्बन्ध निर्माण हुने विश्वास

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Fri 13:41
नेपाल लाइफको पेशागत बीमा अभिकर्ता संघको कार्यालय उद्घाटन, अभिकर्ताहरु विच सुमधुर सम्बन्ध निर्माण हुने विश्वास
Sanima Reliance

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफको कार्यालय उद्घाटन भएको छ । नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिलदेव ओलीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कयाल, सेल्स हेड उमापति पोख्रेल, पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम केसी, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी लगायतको कार्यसमिति तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि ओलीले कार्यक्रमलाई संबोधन गर्दै पेशागत जीवन बीमा व्यवसाय सँग जोडिएको उचित व्यवहारलाई अगाडी बढाउन कार्यालयको अपरिहार्यतालाई जोड दिदै कम्पनीको यस कदमलाई ठुलो उपलब्धी रुपमा लिनु पर्ने बताएका छन् ।

यस कदमले बीमक समिति नेपाल लाइफको विगतको नराम्रो इतिहासलाई विर्सेर नयाँ ढङ्गबाट अभिकर्ताहरुलाई बीमा व्यवसायको श्रीबृद्धिको लागि ओलीले अनुरोध गरेका छन् । उनले भने ‘विगतमा झौलामै सिमित अभिकर्ता संघलाई यहाँसम्म ल्याउनु भएकोमा यहाँहरुलाई धेरै धेरै बधाइ र आगामी दिनको शुभकामना व्यक्त गर्दछु ।’

बीमा प्राधिकरणले पेशागत बीमा अभिकर्ताहरुको केन्द्रिय संघलाई एउटा महत्वपुर्ण स्टेकहोल्डरको रुपमा सोचेर अगाडी बढाउनु पर्नेमा उनले जोड दिए । पेशागत सुरक्षालाई हितमा राख्न पनि संघको औचित्यता बढाउनु पर्ने उनले जिकिर गरे ।

पछिल्ला दिनमा पेशागत बीमा अभिकर्ता संघका केहि उपलब्धीहरुको यात्रा सुरुवात भइसकेको तथा अन्योलको वातावरणबाट व्यवस्थित हुने लयमा गएको भन्दै उनले खुसी व्यक्त गरेका छन् । ओलीले नियामकको तर्फबाट खेल्नु पर्ने भुमिकाको लागि पनि प्रतिवद्धता व्यक्त गरेका छन् । बीमा व्यवसायलाई व्यवस्थित बनाउन प्राधिकरणले लिएका कतिपय कदमलाई बुझिदिन समेत उनले अनुरोध गरेका छन् ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले कम्पनी र अभिकर्ता विच नङ र मासुको सम्बन्ध रहेको भन्दै यसलाई अझ धेरै प्रघाढ बनाउन तथा अभिकर्ताहरु सँगको सम्बन्धलाई सुमधुर बनाउन कार्यालयको स्थापना गरिएको बताए । उनले सबै अभिकर्ताहरुलाई संस्थागत रुपमा व्यवस्थित हिसावले अगाडी बढ्न समेत अनुरोध गरेका छन् । बीमा क्षेत्रमा बीमक तथा अभिकर्ताहरु सबैको आ-आफ्नो भुमिका तथा उत्तरदायित्व रहने भएकाले बीमितको हितलाई केन्द्रविन्दु बनाएर काम गर्नु पर्ने उनले बताएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालको बीमा बजारमा सबैभन्दा ठुलो हिस्सा बोकेको तथा मार्केट लिडर भएकाले सबैलाई आफ्नो क्षेत्रबाट हरेक कुरामा अगुवाइ गर्न समेत आह्वान गरेका छन् ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कयालले बीमा अभिकर्ता र कम्पनी विचको सम्बन्धलाई अझै राम्रो बनाउन यस्तो व्यवस्था गरिएको प्रष्ट पारेका छन् । उनले बीमा क्षेत्रलाई अझ व्यवस्थित बनाउन यस ठाउँलाई उपयोग गर्न अनुरोध समेत गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई अझ अगाडी बढाउन यसले राम्रो भुमिका खेल्ने उनको विश्वास रहेको छ ।

पेशागत बीमा अभिकर्ता संघ बीमक समितिका अध्यक्ष गणेश अधिकारीले थुप्रै काम गर्ने सवालमा शाखा कार्यालय स्थापना गरेर अर्को इतिहास रचेको बताए । शाखा कार्यालयले ४० लाख भन्दा धेरै बीमितलाई संरक्षित गर्न तथा नेपाल लाइफका देशभरका १८४ वटा शाखा कार्यालयबाट आउने अभिकर्ताहरुको साझा थोलो बनाउने अध्यक्ष अधिकारीले विश्वास व्यक्त गरेका छन् ।

केन्द्रिय कार्यालयको स्थापना सँगै अव संघले आगामी दिनमा प्रादेशिक कार्यालय तथा शाखा स्तरका कार्यालयमा पनि आफ्नो उपशाखा कार्यालय स्थापनाको लागि पहल गर्ने अधिकारीले प्रतिवद्धता व्यक्त गरेका छन् । यस्तो कार्यालयले अभिकर्ताको क्षमता अभिबृद्धि तथा बीमितलाई कन्भिन्स गराउने थलो बन्ने उनले बताए । यहि शाखा कार्यालयबाट आगामी तीन दिनसम्म बीमा व्यवसायलाई चुस्त दुरुस्त बनाउन तथा कमिकमजोरीहरुलाई समिक्षा गर्दै २० वटा विषयमा छलफल हुने उनले बताए ।

संघका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले बीमा व्यवसाय विस्तार गर्ने क्रममा कार्यालय चाहिने बताउदै यस कार्यको लागि आ-आफ्नो स्थानबाट भुमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।  

निष्कृय अवस्थामा रहेको पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफको विशेष अधिवेशनबाट गएको वर्षमा नयाँ कार्यसमिति तयार भएको थियो । नयाँ कार्यसमितिको गठन सँगै संघले आफ्ना गतिविधिहरुलाई जोडतोडका साथ अगाडी बढाइरहेको छ । अभिकर्ताको हकहित तथा क्षमता अभिबृद्धि र कम्पनी सँगको समन्वयका लागि यसले विशेष भुमिका खेल्दै आइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया