Nepal Life

लक्ष्मी सनराइज क्यापिटलले घोषणा गर्यो दुई म्युचुअल फण्डको लाभांश

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Fri 13:54
लक्ष्मी सनराइज क्यापिटलले घोषणा गर्यो दुई म्युचुअल फण्डको लाभांश
Sanima Reliance

काठमाडौै । लक्ष्मी सनराइज बैंकको कोष प्रवर्द्धनमा लक्ष्मी सनराइज क्यापिटलले व्यवस्थापन गरेको दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । 

NIMB

लक्ष्मी सनराइज योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “सनराइज फर्स्ट म्युचल फण्ड” र “सनराइज फोकस्ड इक्विटी फण्ड” नामक दुई बन्दमुखी योजनाहरुको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ । 

लेखापरीक्षण सम्पन्न भए सँगै योजना व्यवस्थापकको साउन २४ गते बसेको संचालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को  लागि “सनराइज फर्स्ट म्युचल फण्ड” का इकाईधनीहरुलाई कर सहित १२.५ प्रतिशत प्रतिफल र “सन्राइज फोकस्ड इक्विटी फण्ड” का इकाईधनीहरुलाई कर सहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार