NIMB Header 2
Nepal Life

सिटिजन्स क्यापिटलले १५.५० प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

National Life
  • BFIS News
  • 2024 Aug 11 08:48
सिटिजन्स क्यापिटलले १५.५० प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा
Sanima Reliance

काठमाडौं । सिटिजन्स क्यापिटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलले सेयरधनीलाई १५.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Shikhar
NIMB

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भाद्र १७ गते एटिक मिटिङ्ग हल, ज्ञानेश्वरमा बिहान ११ बजे साधारण सभा बोलाएको छ। सभाले चुक्ता पूँजीको १५.५० प्रतिशतका दरले हुन आउने ३ करोड १० लाख नगद लाभांश (लाभांश करसमेत) पारित गर्ने छ ।

सभाले आव २०८१\८२ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ । यस्तै, सभाले आ.व. २०८०\८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको कम्पनीको वासलात र साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्मको नाफा नोक्सानीको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि सभाले भदौ ६ गते बुक क्लोक गर्ने भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया