NIMB Header 2
Nepal Life

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको नाफामा उछाल, प्रतिसेयर आम्दानीमा पनि वृद्धि

National Life
  • BFIS News
  • 2024 Aug 11 09:13
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको नाफामा उछाल, प्रतिसेयर आम्दानीमा पनि वृद्धि
Sanima Reliance

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उछाल आएको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७४.३८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ५७ पैसा बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३५.२७ गुणा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३२.९६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.८४ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन नाफा ७ करोड ४ लाख रुपैयाँ रहेको छ।

१ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ११ करोड ६० लाख रुपैयाँ र लगानी पुनर्मूल्याङ्कन जगेडामा ६० करोड रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया