Nepal Life

नविल बैंकको पहिलो वर्षको वित्तीय विवरण: नाफा ५ लाख ३५ हजार, निक्षेप १४.६ करोड कर्जा १३.२८ करोड

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Sun 18:12
नविल बैंकको पहिलो वर्षको वित्तीय विवरण: नाफा ५ लाख ३५ हजार, निक्षेप १४.६ करोड कर्जा १३.२८ करोड
Sanima Reliance

काठमाडौं । निजी क्षेत्रको लगानीमा स्थापना भएको पहिलो नविल बैंकले ४ दशक पार गर्दै गर्दा हासिल गरेका उपलब्धी निकै लोभलाग्दो छ । स्थापना पछिको पहिलो आर्थिक वर्षमै बैंकले ५ लाख ३५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब ६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यसरी चार दशकमा बैंकको मुनाफा १३ हजार १८७ गुणाले बृद्धि भएको छ ।

NIMB

सुरुवातमा बैंकको नाम नेपाल अरब बैंक थियो । नेपाल अरब बैंकको पहिलो वार्षिक प्रतिवेदन अनुसार निक्षेप संकलन १४ करोड ६० लाख रुपैयाँ थियो भने कर्जा लगानी १३ करोड २८ लाख रुपैयाँ प्रवाह भएको थियो । गत आर्थिक वर्षमा बैंकले ४ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि तीन खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसरी बैंकको पहिलो वर्षको तुलनामा कर्जा विस्तार  २८१५ गुणाले बृद्धि भएको छ । त्यस्तै निक्षेप संकलन ३१६३ गुणाले विस्तार भएको छ । निजी क्षेत्रलाई विस्वासमा लिन सफल नविल बैंक सुरक्षाको पर्याय मानिन्छ । आम मानिसहरुले बैंकलाई रोज्दै गर्दा विभिन्न पक्षहरुलाई मिहिन ढङ्गले हेर्छन् । बैंकमा निक्षेप राख्दै गर्दा वा बैंकबाट कर्जा लिदै गर्दा व्याजदरलाई मात्रै हेरिदैन ।

सबैभन्दा पहिला बैंक कतिसम्म सुरक्षित छ भन्ने कुरालाई हेरिन्छ । दोस्रो पक्ष बैंकले दिने सेवा सुविधालाई हेरिन्छ । नविल यस्तो बैंक हो जसले नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक कम्पयुटरबाट सेवा प्रवाह गरेको थियो । देशमै पहिलो पटक कम्प्युटराईज बैंकिङ प्रणाली सञ्चालनमा ल्याए पश्चात बैंकले आफ्नै सर्भर रुम तयार पारि सुरक्षाको पाटोलाई सुरुवाति दिनदेखिदै चनाखोका साथ अवम्बन गरेको थियो ।

बैंकले स्थापनाको १४ वर्षमै आफ्नै भवन बनाउन सफल भएको थियो । बैंकले  सन् १९९८ देखि आफ्नै भवनमा केन्द्रिय कार्यालय सञ्चालन गरेको हो । प्रविधिमा एक कदम अगाडी बैंकले अहिलेको सूचना तथा प्रविधिलाई मात्रै होइन समयानुकुल प्रविधिलाई सदैव आत्मसाथ गर्दै आएको छ ।

बैंकले पहिलो आर्थिक वर्षमा कर्जा प्रवाह गरेर एक करोड ९ लाख ५२ हजार रुपैयाँ व्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा बैंकले ४६ अर्ब ३० करोड आर्जन गरेको थियो । त्यस्तै व्याज खर्च अर्थात निक्षेप कर्तालाई ३० अर्ब ९ करोड रुपैयाँ व्याज प्रदान गरेको थियो । खुद व्याज आम्दानी भने १६ अर्ब २० करोड छ ।

बैंकले सुरुवाति वर्षदेखिनै निक्षेप संकलन तथा कर्जा लगानीको मात्रै कार्य नगरि विभिन्न सेवा सुविधा दिदै आएको छ । यसरी पहिलो वर्षमा बैंकले विभिन्न सेवा दिए बापत ४० लाख ९० हजार रुपैयाँ शुल्क प्राप्त गरेको थियो । अहिलेको अवस्थामा यस्तो आम्दानी ३ अर्ब २४ करोड आर्जन गरेको छ ।

यो तथ्याङ्कबाट पनि बैंकले ग्राहकहरुलाई बैंकिङ प्रणालीबाट धेरै प्रकारका सेवा सुविधा दिदै आएको पुष्ठी हुन्छ । यसले बैंकको प्रणालीलाई बजबुद बनाउनुका साथै मुनाफामा ठुलो टेवा पुर्याउछ । यदि बैंकहरुले यस्ता शुल्कबाट राम्रो आम्दानी गर्न सकेमा व्याज आम्दानीमा मात्रै निर्भर रहनु पर्दैन ।

बैंकले पहिलो वर्ष २३ करोड ४६ लाखको ग्यारेन्टी बसेको थियो । त्यस्तै १० करोड ९० लाख रुपैयाँको एलसी प्रदान गरेको थियो । यसबाट पनि बैंकले पहिलो वर्षदेखि नै नेपालको वित्तीय प्रणालीमा आफ्नो छाप राख्न सफल भएको देखिन्छ । यो छाप ४ दशकदेखि अनवरण रुपमा बढ्दो क्रममा छ ।

आजको दिनमा बैंकको वित्तीय विवरणको आकार ५ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । यो भनेको नेपालको कुल बजेटको ३० प्रतिशत हो । त्यस्तै कुल गार्ह्थ्य उत्पादन तर्फ हेर्ने हो भने बैंकको १३.२८ प्रतिशत हिस्सा देखिन आउछ ।

यो पनि पढ्नु होस्

तीन करोडमा स्थापना भएको नविल बैंकले चार दशकमा शेयरधनीलाई दियो ४२ अर्ब ७६ करोड लाभांश, नगद मात्रै २० अर्ब

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया