NIMB Header 2
Nepal Life

युनिलिभर नेपालको खुद नाफामा ७.६३ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो

National Life
  • BFIS News
  • 2024 Aug 12 08:29
युनिलिभर नेपालको खुद नाफामा ७.६३ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो
Sanima Reliance

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने २.८४ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ८ अर्ब ४८ करोड आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने ८ अर्ब २३ करोड आम्दानी गरेको छ ।

कम्पनीको कुल खर्च पनि ५.८० प्रतिशतले घटेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म ६ अर्ब ४३ करोड रुपैयाँ रहेको कम्पनीको खर्च घटेर ६ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ ।  

कम्पनीको अन्य आम्दानी भने बढेको छ । कम्पनीले २४ करोड ७ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवसम्ममा भने कम्पनीले १९ करोड ३६ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो ।  

कम्पनीको रिटेन्ट अर्निङ ११.८२ प्रतिशतले बढेको छ । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङको आकार ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

१ अर्ब ३ करोड रुपैयाँबराबरको नगद मौज्दात रहेको कम्पनीले मुद्दती निक्षेपमा २ अर्ब १८ करोड लगानी गरेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब ४२ करोड रुपैयाँ र कुल चालु दायित्व २ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।  

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १५१ रुपैयाँ ९० पैसा बढेर २ हजार १४३ रुपैयाँ ५४ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.०७ गुणा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया