NIMB Header 2
Nepal Life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफामा छलाङ, नाफासँगै बीमाशुल्क आर्जन र इपिएस पनि बढ्यो

National Life
  • BFIS News
  • 2024 Aug 12 08:45
सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफामा छलाङ, नाफासँगै बीमाशुल्क आर्जन र इपिएस पनि बढ्यो
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा र बीमाशुल्क आर्जन दुवैमा वृद्धि भएको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४६.०३ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Shikhar
NIMB

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २७.४७ प्रतिशतले बढेको छ। चौथो त्रैमाससम्म कम्पनीले ९ अर्ब १० करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ अर्ब १४ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो।

बीमा कोषको आकार २३.२२ प्रतिशतले बढेर ३३ अर्ब ६३ करोड ७५ लाख ८४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब २९ करोड ९३ लाख १७ हजार रुपैयाँ थियो।

कम्पनीको कुल खर्च ९ अर्ब ५६ करोडबाट बढेर १२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।  

कम्पनीले लगानी तथा कर्जाबाट ३ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७ करोड ३५ लाख रुपैयाँ रहेको छ ।  

७ अर्ब ४९ करोड रुपैयाँबराबर  खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १० अर्ब १ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ ।

कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँबाट रिटेन्ड अर्निङ घटाएर ५६ करोड ९५ लाख रुपैयाँमा झारेको छ ।   

५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ३४ करोड ६८ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ३.५५ रुपैयाँबाट बढेर ८.७२ रुपैयाँ पुगेको छ। यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १३०.५६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८४७.८९ रुपैयाँ र पिइ अनुपात ४९.२८ गुणा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया