NIMB Header 2
Nepal Life

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, कस्ता छन् अन्य वित्तीय विवरण?

National Life
  • BFIS News
  • 2024 Aug 12 09:30
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, कस्ता छन् अन्य वित्तीय विवरण?
Sanima Reliance

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५६.६७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमा शूल्क आर्जन ९०.५६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ७४ करोड ४२ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन गत आवमा १ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले गत आवमा ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले अघिल्लो आवको यस अवधिमा २ अर्ब ९ करोड ५६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो।

त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ६४.१२ प्रतिशत र कुल खर्च ६४.४३ प्रतिशत बढेको छ।

३ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा ८ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड ३३ लाख रुपैयाँ रहेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १२ रुपैयाँ ३३ पैसा बढेर २० रुपैयाँ २१ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २७.६१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया