NIMB Header 2
Nepal Life

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार?

National Life
  • BFIS News
  • 2024 Aug 12 12:19
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ। आइतबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय १५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार चाँदी प्रतितोला एक हजार सात सय २० रूपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया