NIMB Header 2
Nepal Life

अर्थमन्त्री पौडेलको आश्वासन - कोरोना बीमा दाबी भुक्तानीमा म सकारात्मक छु, छलफल भइरहेको छ

National Life
  • BFIS News
  • 2024 Aug 12 14:30
अर्थमन्त्री पौडेलको आश्वासन - कोरोना बीमा दाबी भुक्तानीमा म सकारात्मक छु, छलफल भइरहेको छ
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखि विवादित बनिरहेको कोरोना बीमा दाबी भुक्तानीमा आफू सकारात्मक रहेको बताएका छन्। निर्जिवन बीमा कम्पनीका सिइओसँगको भेटवार्ता कार्यक्रममा मन्त्री पौडेलले दाबी रकम भुक्तानीमा आफू सकारात्मक रहेको बताएका हुन्।

Shikhar
NIMB

कोरोना बीमाका कारण आम सर्वसाधरणमा बीमाप्रतिको धारणा नै नकारात्मक हुनेगरी आलोचना भएको भन्दै उनले उपयुक्त निष्कर्षमा पुग्ने बताए। उनले कोरोना बीमाको बाँकी दायित्व कसले र कसरी बेहोर्ने भन्ने बारे नेपाल बीमा प्राधिकरणसँग छलफल भैरहेको जानकारी दिए।

“कोरोना बीमाको भुक्तानी कसरी गर्ने भन्नेबारे बीमा प्राधिकरणले विभिन्न विकल्प दिएको छ, हामी उपयुक्त विकल्प के हुन सक्छ भनेर छलफल गरिरहेका छौं”, मन्त्री पौडेलले भने।

नेपाल बीमा प्राधिकरणका अनुसार कोरोना बीमातर्फ हालसम्म ६४ हजार ८६८ जना बीमितको ६ अर्ब १० करोड १५ लाख रुपैयाँ भुक्तानी भएको छ भने १ लाख १९१ जना बीमितहरु करिब ९ अर्ब ७२ करोड रुपैयाँ भुक्तानी बाँकी छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया