NIMB Header 2
Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी, अधिकांश सूचक सकारात्मक

National Life
  • BFIS News
  • 2024 Aug 13 08:44
नेपाल लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी, अधिकांश सूचक सकारात्मक
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको जीवन बीमा कोषको आकार २१.३९ प्रतिशतले बढेर १ खर्ब ९८ अर्ब ३३ करोड ७४ लाख ८८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कोष १ खर्ब ६३ अर्ब ३९ करोड १२ लाख ८७ हजार रुपैयाँ थियो।

कम्पनीको कूल बीमाशुल्क आर्जन ९.९२ प्रतिशतले बढेर ४० अर्ब ८४ करोड ९४ लाख ३५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ३७ अर्ब १६ करोड २८ लाख रुपैयाँ थियो । गत वर्ष कम्पनीको कुल दाबी भुक्तानी ४.४३ प्रतिशतले घटेर १४ अर्ब ९९ करोड ५६ लाख २९ हजार रुपैयाँमा झरेको छ।

कम्पनीको कूल खर्च ११.५८ प्रतिशतले बढेर ५५ अर्ब ३५ करोड २४ लाख ८७ हजार रुपैयाँ पुगेको छ। कम्पनीको लगानी पनि १८.३१ प्रतिशतले वृद्धि भएर १ खर्ब ६४ अर्ब १५ करोड ७७ लाख रुपैयाँ नाघेको छ ।

इन्स्योरेन्सले ३३ खर्ब ९१ करोड ६४ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको तुलनामा झण्डै ९ प्रतिशतले बढी हो।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ९ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५ अर्ब २८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७६ करोड १५ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको रिजर्भ फण्डमा २ अर्ब ३८ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९८.८८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया