NIMB Header 2
Nepal Life

मातृभूमि लघुवित्तको ब्याज आम्दानीसँगै नाफामा उल्लेख्य वृद्धि

National Life
  • BFIS News
  • 2024 Aug 13 08:53
मातृभूमि लघुवित्तको ब्याज आम्दानीसँगै नाफामा उल्लेख्य वृद्धि
Sanima Reliance

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अवधिमा संस्थाले ७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५८७.६२ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड १६ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो।

Shikhar
NIMB

संस्थाको खुद ब्याज आम्दानी पनि २५.८७ प्रतिशतले बढेको छ। चौथो त्रैमाससम्म संस्थाले ३० करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। संस्थाको खुद सञ्चालन आम्दानी ४१ करोड र सञ्चालन मुनाफा ११ करोड ४६ लाख रुपैयाँ रहेको छ।  

चौथो त्रैमाससम्ममा ३ अर्ब ९६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ११ अर्ब ५१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ।  

वितरणयोग्य मुनाफा १० करोड ५८ लाख रुपैयाँ रहेको छ भने चुक्तापूँजी ६२ करोड ८३ लाख रुपैयाँ रहेको छ। संस्थाको रिटेन्ड अर्निङ १० करोड ५८ लाख रुपैयाँ छ ।

यो अवधिमा संस्थाको खराब कर्जा अनुपात बढेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म ५.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ९.८५ प्रतिशत पुगेको छ ।    

संस्थाको रिजर्भमा ६३ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (इपिएस) २.३० रुपैयाँबाट बढेर १२.७१ रुपैयाँ कायम भएको छ। प्रतिसेयर नेटवर्थ २१७.५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ६६.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८४.२० गुणा र तरलता अनुपात ८.७८ प्रतिशत कायम भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया