NIMB Header 2
Nepal Life

एचआइडिसिएलको नाफामा सामान्य वृद्धि, अन्य वित्तीय विवरणको कस्तो छ अवस्था?

National Life
  • BFIS News
  • 2024 Aug 13 08:58
एचआइडिसिएलको नाफामा सामान्य वृद्धि, अन्य वित्तीय विवरणको कस्तो छ अवस्था?
Sanima Reliance

काठमाडौं । एचआइडिसिएल अर्थात हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी ३९४.४१ प्रतिशत बढेर ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३.०४ प्रतिशत र लाभांश आम्दानी १९.३७ प्रतिशत घटेको छ। कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधमिा १ लाख ९१ हजार रुपैयाँबाट बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

२२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ३१ पैसा बढेर ६ रुपैयाँ ३५ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.१८ गुणा रहेको छ।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया