Nepal Life

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, कस्ता छन् अन्य सूचक?

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 08:45
आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, कस्ता छन् अन्य सूचक?
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार खुद नाफा १४५.०४ प्रतिशतले वृद्धि भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा २० करोड ९९ लाख रुपैयाँ थियो ।  

कम्पनीको जीवन बीमा कोषको आकार पनि ४१.५७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब ५ करोड ७४ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत आर्थिक वर्षमा ९ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको कुल आम्दानी ४ अर्ब ८५ करोडबाट बढेर ५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको खुद दाबी भुक्तानी ४ अर्ब ८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवसम्म कम्पनीले ३ अर्ब ५३ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो ।  

गत आर्थिक वर्षको सो अवधिमा कम्पनीले ५ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गरी ५ अर्ब ३९ करोड १९ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ कूल खर्च गरेको थियो।

कम्पनीको महाविपत्ती कोषको आकार १७ करोड ७४ लाख र रिटेन्ड अर्निङ १ अर्ब २ करोड रुपैयाँबराबर रहेको छ ।  कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्म कम्पनीले सेयर प्रिमियम शीर्षकमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ ।  

समीक्षा अवधिमा कम्पनीको लगानी ५२.८६ प्रतिशतले वृद्धि भएको छ । चुक्ता पूँजी २५ प्रतिशतले बढेर ५ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीको बीमितमा प्रवाह हुने कर्जा ११.९४ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) वृद्धि भएको छ । कम्पनीको इपिएस १० रुपैयाँबाट बढेर १०.२९ रुपैयाँ कायम भएको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १४५.५९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५८.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.०२ गुणा कायम भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया