NIMB Header 2
Nepal Life

हिमालयन रि इन्स्योरेन्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

National Life
  • BFIS News
  • 2024 Aug 14 08:49
हिमालयन रि इन्स्योरेन्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो
Sanima Reliance

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ३४ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको खुल आर्जित बीमाशुल्क ८२.७५ प्रतिशत बढेको छ भने कुल आम्दानी ६७.०९ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ४७.१९ प्रतिशत र कुल खर्च ५५.१२ प्रतिशत बढेको छ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया