Nepal Life

घोराही सिमेन्ट घाटामा, अधिकांश सूचक खस्किए

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 08:54
घोराही सिमेन्ट घाटामा, अधिकांश सूचक खस्किए
Sanima Reliance

काठमाडौं । घोराही सिमेन्टले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

NIMB

कम्पनीको खुद आम्दानी पनि घटेको छ। कम्पनीले समीक्षा अवधिसम्म ३० करोड ५९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६९.०५ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ९८ करोड ८७ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २ करोड ४५ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ४५.२९ प्रतिशतले घटेर २ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीको अन्य रिजर्भ ७ करोड ९० लाख र सेयर प्रिमियम २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रशासनिक, बिक्री तथा वितरण खर्च ३३ करोड २ लाख रुपैयाँ, ह्रासकट्टी खर्च ४५ करोड ६९ लाख र वित्त खर्च ७६ करोड १७ लाख रुपैयाँबराबर रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २६.६८ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ २०७.७३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५१२.१३ रुपैयाँ र तरलता अनुपात ०.८३ प्रतिशत कायम भएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया