NIMB Header 2
Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जनसँगै नाफा पनि बढ्यो

National Life
  • BFIS News
  • 2024 Aug 14 09:11
हिमालयन लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जनसँगै नाफा पनि बढ्यो
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको वार्षिक वित्तीय विवरण प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार हिमालयन लाइफ इन्स्योरेन्सको खुद नाफामा २१.५९ प्रतिशतको बढोत्तरी आएको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६३ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५२ करोड १२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो।  

Shikhar
NIMB

कम्पनीले समीक्षा अवधिसम्म १६ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १४ अर्ब ५७ करोडको तुलनामा ११.०९ प्रतिशतले धेरै हो ।

हिमालयन लाइफको जीवन बीमा कोषको आकार २३.८३ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ८ करोड १७ लाख ,लगानी तथा कर्जा आम्दानी ५ अर्ब ६० करोड र बीमितलाई प्रदान गरिएको कर्जाबाट ८० करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

हिमालयन लाइफको कूल चुक्ता पूँजी ८ अर्ब २ करोड रहेको छ।

समीक्षा अवधीमा कम्पनीको कूल लगानी २३.५६ प्रतिशतले बृद्धि गरी कर्जा तथा लगानीबाट प्राप्त हुने आम्दानीमा समेत बृद्धि गर्न सफल भएको छ । त्यस्तो आम्दानी ५ अर्ब ४१ करोडबाट बढेर ६ अर्ब ४० करोड पुगेको छ ।

नवीकरण बीमा शुल्क १२ अर्ब ६४ करोडबाट बढेर १४ अर्ब १ करोड पुगेको छ। समीक्षा अवधीमा कम्पनीले १४ हजार ३१ वटा दावी भुक्तानी गरेको छ। हिमालयन लाइफले १८ अर्ब ८१ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको हो। कम्पनीले गरेको दाबी भुक्तानी अघिल्लो आवको सोही अवधिको तुलनामा १७.३९ प्रतिशतले धेरै हो ।  

यस्तै कम्पनीको अन्य आम्दानी ४१ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी २२ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवसम्म भने कम्पनीको कुल आम्दानी २० अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ। कम्पनीको इपिएस ६.५० रुपैयाँबाट बढेर ७.९० रुपैयाँ कायम भएको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.२९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९६६.२६ रुपैयाँ, पिइ रेसियो ४९.४७ गुणा कायम भएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया