Nepal Life

कुमारी बैंकको ७ लाख ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 09:14
कुमारी बैंकको ७ लाख ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Shikhar detail

काठमाडौं। कुमारी बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख ७ हजार ३१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।  

NIMB

बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो।  

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनु पर्नेछ।  

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ। निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया