NIMB Header 2
Nepal Life

शिखर इन्स्योरेन्सको नाफामा उच्च वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो

National Life
  • BFIS News
  • 2024 Aug 14 09:19
शिखर इन्स्योरेन्सको नाफामा उच्च वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२६.८७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले २२ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Shikhar
NIMB

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १० रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ३२ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.४२ गुणा रहेको छ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ५६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १३.३२ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा १ अर्ब ३७ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य  आम्दानी २ करोड ७७ लाख र लगानी तथा कर्जा आम्दानी ३३ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

कुल आम्दानी ४.०६ प्रतिशत बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। चौथो त्रैमाससम्म कम्पनीले ९४ करोड ९७ लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.८१ प्रतिशतले कम हो ।  

चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ८६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको थियो । 

२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७१ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३१ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड १४ लाख रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया