Nepal Life

हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ९७.६४ प्रतिशतले बढ्यो, प्रमुख सूचक कस्ता छन् ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 10:25
हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ९७.६४ प्रतिशतले बढ्यो, प्रमुख सूचक कस्ता छन् ?
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९७.६४ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले ६४ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

यस अवधिमा खुद बिमा शुल्क आम्दानी ८२.७५ ले बढेर ५ अर्ब ४५ करोड रुपैयाँ पुगेपछि खुद नाफा वृद्धिमा पनि महत्वपूर्ण सहयोग पुगेको हो । लगानी तथा कर्जा हुने आम्दानी पनि ४२.०८ प्रतिशतले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । 

यसको चुक्ता पुँजी पनि ४८.५७ प्रतिशतले बढेर १० अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । कम्पनीको रिटेन्ड अर्निङमा ५६ करोड ४३ लाख रुपैयाँ जम्मा भएको छ । हिमालयन रिइन्स्योरेन्सको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि ३.५० रुपैयाँले बढेर १२.३४ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया