Nepal Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 10:33
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो
Sanima Reliance

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा ८२.५२ प्रतिशतले बढेर ६९ करोड २३ लाख १९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३७ करोड ९३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जनका साथै कमिसन आम्दानी र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

खुद बिमा शुल्क आर्जन ७८.१२ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ८४ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ११ करोड ६३ लाख ७६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कमिसन आम्दानी २६.२३ प्रतिशतले बढेर ४६ करोड ६६ लाख ८८ हजार रुपैयाँ पुगेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी ३९.६६ प्रतिशतले बढेर ६९ करोड ३९ लाख ८४ हजार रुपैयाँ पुगेको छ । 

असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ रहेको छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ १५ पैसाले बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ५ पैसा रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया