Nepal Life

सानिमा जीआइसी इन्स्योरेन्सको मुनाफा २०.९१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १६.५४ रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 10:40
सानिमा जीआइसी इन्स्योरेन्सको मुनाफा २०.९१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १६.५४ रुपैयाँ
Sanima Reliance

काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सको लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ३३ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा २०.९२ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले २७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा खुद नाफामा सुधार देखिएको हो । यसअवधिमा खुद बिमा शुल्क आम्दानी ३६.५२ प्रतिशतले बढेर ७५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ४.४६ प्रतिशतले बढेर २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । 

सानिमा जीआइसीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा १९ करोड ४५ लाख रुपैयाँ देखिएको छ । यस इन्स्योरेन्सको प्रतिसेयर आम्दानी बढेर १६.५४ रुपैयाँ (वार्षिक) कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.३१ रुपैयाँ देखिएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया