Nepal Life

शेयरधनीले सर्वाधिक रुचाएको मुक्तिनाथ कृषि कम्पनीको मुनाफा १६७ प्रतिशतले बढ्यो, इपिएस कति ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 10:56
शेयरधनीले सर्वाधिक रुचाएको मुक्तिनाथ कृषि कम्पनीको मुनाफा १६७ प्रतिशतले बढ्यो, इपिएस कति ?
Sanima Reliance

काठमाडौं । दोस्रो बजारमा सर्वाधिक रुचाइएको मुक्तिनाथ कृषि कम्पनीले आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले १६७ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । 

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्ष कम्पनीले १ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७०.१४ प्रतिशत बढेको छ भने कुल नाफा ५७.०१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ५५.७८ प्रतिशत र कुल सञ्चालन खर्च ६०.३३ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ १३ पैसा बढेर ४ रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ६९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४७.८७ गुणा रहको छ। ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया