Nepal Life

सगरमाथा लुम्बिनी 'सलिको'को मुनाफामा ८३.९५ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 12:00
सगरमाथा लुम्बिनी 'सलिको'को मुनाफामा ८३.९५ प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी 'सलिको'को खुद नाफामा आकर्षक वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको भन्दा ८३.९५ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले ३३ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । 

असारसम्ममा कम्पनीको खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेकाले खुद नाफामा वृद्धि भएको हो । खुद बिमा शुल्क १९.०७ प्रतिशतले बढेर १ अर्ब ९१ करोड रुपैयाँ भएको छ । यस्तै, कम्पनीको कर्जा तथा लगानीबाट हुने आम्दानी पनि २०.८२ प्रतिशतले बढेर ४७ करोड ३४ लाख रुपैयाँ पुगेको छ । 

हाल सगरमाथा लुम्बिनी इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । यता, खुद नाफामा वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि ५.७१ रुपैयाँले बढेर २३.२२ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने २४२.०४ रुपैयाँ छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया