Nepal Life

सिटिजन लाइफको मुनाफा २१६ प्रतिशतले बढ्यो, शेयरधनीलाई बोनस शेयर दिने पक्का

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 12:20
सिटिजन लाइफको मुनाफा २१६ प्रतिशतले बढ्यो, शेयरधनीलाई बोनस शेयर दिने पक्का
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्‍योरेन्स कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार मुनाफा सहित हरेक सूचकमा उल्लेख्य सुधार देखिएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा २१६ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षमा ३२ करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस भन्दा अघिल्लो आर्थिक वर्षमा १० करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब २१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । यस भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ अर्ब ८९ करोड आर्जन गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्षमै आइपिओ जारी गरेर आर्जन भएको प्रिमियम रकमबाट २६.९८ प्रतिशत बोनस शेयर घोषणा गरिसकेको छ । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा वितरण गर्न रोक लगाए पनि यस वर्ष कम्पनीले ५ अर्ब पूँजी पुर्याउन पनि २६.९८ प्रतिशत बोनस शेयर दिने पक्का छ ।

गत आर्थिक वर्षको वास्तविक मुनाफा भने एक्चुरियल मूल्याङ्कन पछि मात्रै देखिनेछ । बीमा कम्पनीहरुले जीवन बीमा कोषबाट आर्जन भएको रकमबाट निश्चित मात्रै शेयरधनी कोषमा ट्रान्सफर गर्न पाउने भएकाले अहिले नै मुनाफा एकिन हुँदैन ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रहेको छ । जगेडा कोषमा शेयर प्रिमियम बापत एक अर्ब ५५ करोड रहेको छ भने शेयरधनीको जगेडा कोषमा ६३ करोड रुपैयाँ रहेको छ । कम्पनीको ११ लाख ८९ हजार वटा पोलिसी सक्रिय छन् ।  गएको वर्ष प्रथम बीमा शुल्क मात्रै एक अर्ब ९६ करोड जम्मा गरिसकेको छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७६ रुपैयाँ छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया