NIMB Header 2
Nepal Life

आइएमई र जिएमईले आजदेखि थाले एकीकृत कारोबार, आइपिओ जारी गर्ने तयारी

National Life
  • BFIS News
  • 2024 Aug 14 16:19
आइएमई र जिएमईले आजदेखि थाले एकीकृत कारोबार, आइपिओ जारी गर्ने तयारी
Sanima Reliance

काठमाडौं । आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु गरेका छन्। आज कार्यक्रमको आयोजना गर्दै एकीकृत कारोबार सुरु गरिएको जानकारी दिइएको हो।

Shikhar
NIMB

कार्यक्रममा बोल्दै आइएमईका संस्थापक तथा निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिटेन्स क्षेत्रमा आधा हिस्सा अगेट्ने गरी ठूलो कम्पनी भएकोमा खुसी व्यक्त गरे। उनले भने, '२००१ मा सानो काउन्टरबाट सुरू भएको यो यात्रा सहज थिएन। नेपालमा रेमिटेन्स सेवा औपचारिक रूपमा उपलब्ध गराउन सुरुवात गरेका हामीले अहिले आइएमइलाई देशकै ठूलो रेमिटेन्स कम्पनी बनाउन सफल भएका छौं।'

ढकालले कम्पनी गाभिएपछि आगामी दिनमा सेवा थप सहज तथा सुरक्षित बन्ने र चाँडै आइपिओ निष्कासनमा जाने बताए। आइएमई सुरुआतको समय करिब २० प्रतिशत मात्र औपचारिक रहेको ‘रेमिट्यान्स’ अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको पनि ढकालले बताए।

ढकालले रेमिटेन्स क्षेत्रको सेवा विस्तार गर्ने गरीको नीतिगत व्यवस्था गर्न पनि राष्ट्र बैंकलाई आग्रह गरे।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले आइएमईको व्यवसायिक यात्रा र योगदानको प्रसंशा गर्दै रेमिटेन्स सेवालाई थप डिजिटाइज गरेर सुरक्षित बनाउन तथा सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाउन आवश्यक रहेको बताए। उनले डिजिटल प्रविधिको प्रयोगबाट रेमिटेन्स सेवामा थप सुधार गर्न र हुन्डीलाई निरुत्साहित गर्न जरुरी रहेको बताए।

विदेशमा रहेका नेपालीलाई वैधानिक माध्यमबाट मात्रै नेपालमा पैसा पठाउन आग्रह गर्दै उनले सजिलो तरिकाले रेमिट्यान्स आप्रवाहका लागि राष्ट्र बैङ्कले नीतिगत सहजता गर्ने बताए।

एकीकृत कारोबार पछिको आइएमईका अध्यक्षले हेमराज ढकालले अझ स्तरीय सेवा प्रदान गर्न आफूहरु केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया