NIMB Header 2
Nepal Life

'नाडा अटो शो' को आयोजना मिति तय, १३० स्टल रहने

National Life
  • BFIS News
  • 2024 Aug 14 16:28
'नाडा अटो शो' को आयोजना मिति तय, १३० स्टल रहने
Sanima Reliance

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले  ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको छ । नाडाले भदौ ११ गतेदेखि १६ गतेसम्म सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाहरुको भव्य प्रदर्शनीको १६ औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गर्न लागेको हो।

Shikhar
NIMB

 
उक्त शो काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुनेछ। जसमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स सह–प्रायेजकको रुपमा रहनेछ।  यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङ्ग्रे र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनीमा राखिनेछन्।

साथै, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूका ३३ कम्पनीका प्रदर्शनी पनि रहनेछन्। कूल ९५ प्रदर्शकहरूका १३० स्टलहरू रहने आयोजकले जनाएको छ।

यस्तै नाडा अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मीसनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले  भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । यी बैंक तथा वित्त कम्पनीहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।

नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको आर्थिक मन्दीलाई नाडा अटो शोले पुनर्जीवित गर्ने विश्वास आयोजकले लिएको छ।

नाडा अटो शोमा करिब ७५ हजार आगन्तुकहरूको सहागिता रहने अपेक्षा आयोजकको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया