NIMB Header 2
Nepal Life

राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा १४५.४५ प्रतिशतको वृद्धि, बीमाशूल्क आर्जनसँगै इपिएस पनि बढ्यो

National Life
  • BFIS News
  • 2024 Aug 15 09:02
राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा १४५.४५ प्रतिशतको वृद्धि, बीमाशूल्क आर्जनसँगै इपिएस पनि बढ्यो
Sanima Reliance

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १४५.४५ प्रतिशत बढेर १५ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Shikhar
NIMB

कम्पनीले गत असारसम्म ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ४९ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको जीवन बीमा कोषको आकार पनि १६.७२ प्रतिशतले बढेर ५३ अर्ब ८५ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा यस्तो बीमा कोष ४६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ थियो ।

कम्पनीले गत असारसम्म १२ अर्ब ९७ करोड २६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

अघिल्लो वर्ष ४६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ रहेको जीवन बीमा कोषको आकार गत वर्ष १६.७२ प्रतिशतको बढेर ५३ अर्ब ८५ करोड ११ लाख रुपैयाँ पुगेको छ।

कुल चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ फण्डको आकार ३१.७० प्रतिशतले वृद्धि भएर ६३ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने लगानी ९.६५ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) ३४.५९ रुपैयाँबाट बढेर ११३.२० रुपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया