NIMB Header 2
Nepal Life

शतप्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको नाफा, कस्तो छ अन्य वित्तीय विवरणको अवस्था?

National Life
  • BFIS News
  • 2024 Aug 15 09:16
शतप्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको नाफा, कस्तो छ अन्य वित्तीय विवरणको अवस्था?
Sanima Reliance

काठमाडौं । चन्द्रागिरी हिल्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब शतप्रतिशतले बढेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २६ पैसा बढेर १४ रुपैयाँ ५६ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.३६ गुणा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ९.४९ प्रतिशत बढेको छ भने कुल आम्दानी ८.८० प्रतिशत बढेको छ। कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधिमा २८.०२ प्रतिशत घटेको छ। गत एक वर्षको कम्पनीको कुल खर्च २९.३७ प्रतिशत बढेको छ।

१ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ७ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया