NIMB Header 2
Nepal Life

चालू आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयनबारे छलफल, प्रधानमन्त्री ओलीसहित मन्त्री र सचिवहरुको सहभागिता

National Life
  • BFIS News
  • 2024 Aug 15 15:36
चालू आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयनबारे छलफल, प्रधानमन्त्री ओलीसहित मन्त्री र सचिवहरुको सहभागिता
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालू आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यन्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्यमुख्य कामबारे छलफल भएको छ।

Shikhar
NIMB

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो।

प्रस्तुत समीक्षा र योजनाका आधारमा मूख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरुबीच छिट्टै कार्यसम्पादान सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले जानकारी दिइन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०/०८१ मा समग्रमा ६३ दशमलव ४४ प्रतिशत पुँजीगत खर्च भएको, तीन हजार चार सय २१ माइलस्टोन निर्धारण भएकामध्ये ४९ प्रतिशत र एक हजार छ सय क्रियाकलापमध्ये ४२ प्रतिशत सम्पन्न भएको बताए।

समीक्षापश्चात सम्बन्धित मन्त्रालयका सचिवहरुले चालू आर्थिक वर्ष २०८१/०८२ को मन्त्रालयगत कार्यसम्पादन सूचक र सरकारको १०० दिनभित्र गरिने जनअपेक्षामा आधारित मुख्य कार्यक्रम प्रस्तुति दिएका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया