प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमातले विरोध गरिरहेका छन् : घिसिङ
- BFIS News
- 2024 Aug Thu 16:10
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो जमात ठूलो रहेको र उनीहरूले नै विरोध गर्ने गरेको गुनासो पोखे।
प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको घिसिङको भनाइ छ। ८ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा पुग्नु ठूलो सुखद विषय भएको उनले बताए।
प्रतिक्रिया