Nepal Life

घट्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ, अब लिटरको कति पर्छ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Thu 21:00
घट्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ, अब लिटरको कति पर्छ?
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । आज साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

NIMB

घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले जानकारी दिएको छ।

निगमले हवाइ इन्धन र ग्यासको मूल्य भने यथावत राखेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया