Nepal Life

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर, अब कति पाइन्छ?

NMB Bank
  • BFIS News
  • 2024 Aug 16 08:59
स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर, अब कति पाइन्छ?
National Life

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले भदौमहिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैंकले मुद्दती निक्षेपमा संस्थागतको ब्याजदर घटाएको छ भने व्यक्तिगततर्फको स्थिर राखेको छ।

Shikhar
NIMB

बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ४.५० प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ। बैंकले रेमिट्यान्स खातामा भने ८ प्रतिशत ब्याजदर तोकेको छ। यसअघि साउनमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गरेको थियो।

बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.०५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.०५ प्रतिशत तोकेको छ। यसअघि बैंकले साउनमा साधारण बचतमा ३.१० प्रतिशतदेखि ४.१५ प्रतिशत र रेमिट्यान्समा ५.१५ प्रतिशत ब्याजदर तोकेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया