Nepal Life

एनआइसी एसिया बैंकले घटायो ब्याजदर

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Fri 09:29
एनआइसी एसिया बैंकले घटायो ब्याजदर
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ। बैंकले निक्षेपमा भदौका लागि व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत अधिकतम ब्याजदर तोकेको छ। साउनमा बैंकले व्यक्तिगततर्फ ७.५३ प्रतिशत र संस्थागततर्फ ६.५३ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो।

NIMB

बैंकले व्यक्तिगत निक्षेपमा ३ महिने अवधिका लागि ५.२५ प्रतिशत, ३ देखि माथि र १२ महिनादेखि तलको अवधिका लागि ५.५० प्रतिशत, १ वर्ष अवधिको लागि ६ प्रतिशत, १ वर्षदेखि माथि २ वर्षभन्दा कम अवधिका लागि ६.२५ प्रतिशत, २ वर्षदेखि माथि ५ वर्षभन्दा कम अवधिका लागि ६.५० प्रतिशत र ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७.४१ प्रतिशत ब्याजदर कायम गरेको छ।

संस्थागतमा ६ महिनादेखि माथि १२ महिनाभन्दा कम अवधिका लागि ३ प्रतिशत, १ वर्ष अवधिका लागि ३.५० प्रतिशत, १ वर्षदेखि माथि ५ वर्षभन्दा कम अवधिका लागि ३.५० प्रतिशत र ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ६.४१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बचत खातामा पनि बैंकले ब्याजदर घटाएर साथि बचत खातामा ५.४१ प्रतिशत, सर्वश्रेष्ठ रेमिटेन्स बचत खातामा ६.४१ प्रतिशत र अन्य बचत खातामा ३.४१ प्रतिशत ब्याजदर तोकेको छ। बैंकको आधारदर ९.२४ प्रतिशत छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया